ट्राफिक नियम तोडेर कुदेको मोटरसाइकल नदीमा खस्यो, तीन जनाको निधन

काठमाडौँ । धनुषामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ।

औरहीबाट जनकपुरतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए।

Advertisement

जनकपुरधाम उपमहानगरपालिका १८ भोइलस्थित जलाद नदीको पुलबाट ज ९ प १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नदीमा खसेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक न्यौपानेका अनुसार सडक सतहभन्दा अग्लो पुलबाट खस्दा मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमा मृत्यु भएको हो।

ट्राफिक नियम तोडेर एउटै मोटरसाइकलमा सवार तीनै जना मृतकहरुको पहिचान हुन सकेको छैन ।

More News last news
Loading...