अनिल खनाल र रामचन्द्र चन्दको दशैँ कोसेली बजारमा (भिडियोसहित)

काठमाडौँ । नयाँ पुस्ताका लोकप्रिय गीतकार अनिल खनाल र चर्चित गायक रामचन्द्र चन्दको दशैँ गीत ‘दशैँ मान्न आइयो घरैमा’  बजारमा आएको छ। गीतकार खनालको शब्द रहेको उक्त दशैँ गीतमा गायक चन्दको संगीत र सुमधुर स्वर रहेको छ।

गीतकार खनालले, “सताकोथ्यो पिरैले लाखौँ लाख, सम्झिएर आमाको न्यानो काख… दशैँ मान्न आइयो घरैमा
पिङ बाटेर हाल्नि हो बरैमा, जय जय दुर्गा तिम्रो भरैमा” जस्ता शब्दलाई टपक्क टिपेर टिपिकल दशैँ गीत तयार पारेका छन्।

Advertisement

यो दशैँ गीत र भिडियोले गाउँमा जन्मिएका अधिकांश हामी नेपालीहरुको बाल्यकाल र महानपर्व दशैँ पर्वको रौनक र त्यसको झझल्को झल्किएको छ ।

विजय महर्जनले निर्देशन गरेको म्युजिक भिडियोमा संगम भण्डारी, नुर भण्डारी, दिपक लामिछाने, हरि कृष्ण राजथला, साथर पन्थ, संगीता ढुँगेल लगायतका कलाकारहरुको यथार्थपरक अभिनय देख्न सकिन्छ।

सिनेमाटोग्राफर विजय महर्जन, पोष्ट प्रोडक्सन यज्ञ क्रियशन प्रा. लि. ले गरेका हुन् भने हिमाल साउदले सम्पादन गरेका हुन्। म्युजिक भिडयो गायक चन्दको अफिसियल युट्युब च्यानल Ramchandra Chand मार्फत बजारमा आएको हो।

यस्तो छ म्युजिक भिडियो :

More News last news
Loading...