काठमाडौं । काठमाडौंको कपनबाट हराएका चार वर्षिय बालक भारतको बिहारमा भेटिएका छन्। बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ कपनबाट गत सोमवारदेखि हराएका बालक भारतको बिहारमा हिजो सकुशल भेटिएका हुन् ।
भारतको बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस सोमबार साँझ ४ बजेदेखि सम्पर्कविहीन भएका थिए । उनको खोजी गर्दा बिहारमा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।
विनोदकै साथी शंकर दासले उनलाई बिहार लगेको खुलेको हो । भारतीय प्रहरीसँग समन्वय गरी उनीहरूको खोजी गरिएको थियो । बिहारमा भएका आफन्तहरूले पियुसको जिम्मा लिइसकेको एसएसपी सिंहले जानकारी दिए। यता शंकरमाथि भने प्रहरीले अनुसन्धान थाल्ने भएको छ।
उनले किन बालक लगे भन्ने अहिले नै खुलिनसकेको प्रहरीले जनाएको छ । हिजोसम्म पनि बालक सम्पर्कमा नआएपछि परिवारले प्रहरीको कन्ट्रोल नम्बरमा सम्पर्क गरेको थियो।
त्यसपछि प्रहरीले बालकको खोजी थालेको थियो। बालकका बाबु बिनोद र शंकर दुबै जना काठमाडौंमा सँगै शिशाको काम गर्ने साथीहरू हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
