काठमाडौँ । मोटोपना घटाउन को लागी, मानिसहरु कडा भन्दा कडा डाइट चार्ट अपनाउन को लागी तैयार हुन्छन् । धेरै व्यायाम पनि गर्ने गर्दछन् । तर आज हामी तपाईलाई यस्ता टिप्सहरु दिन गइरहेका छौं जसलाई अपनाएर तपाइँ आफ्नो तौल सजिलै घटाउन सक्नुहुन्छ।
साबुत अनाज खान सुरु गर्नुहोस्
साबुत अनाज खानुपर्छ। यिनीहरुमा सबै प्रकारका पोषण समावेश गर्दछ। यो तौल घटाउन उपयोगी छ । साबुत अन्न मा, तपाइँ बाजरा, रागी, मकै, ज्वार आदि उपभोग गर्न सक्नुहुन्छ। बिहानको खाजामा दलिया खाने गर्नुहोस् ।
मौसमी फल सब्जिया खाने गर्नुहोस्
मौसमी खाना खान सुरु गर्नुहोस् । मौसमी फल खानाले शरीरमा फाइबर प्राप्त हुने गर्दछ । यसमा कयौँ तरहको पोषकतत्व पनि हासिल हुने गर्दछ ।
तपाई जंक फुड खाना खान छोड्नुहोस् र मौसमी सब्जीहरु खान सुरु गर्नुहोस् । यो शरीरका लागी अत्यन्तै फाइदाजनक मानिन्छन् । यसबाट शरीरमा भिटामीन मिनरल्स र एन्टीअक्सिडेन्ट मिल्ने गर्दछ ।
ग्रिन टि पिउन सुरु गर्नुहोस्
ग्रिन टि पिउने बानी बसाल्नुहोस् । यसमा एन्टी अक्सिडेन्ट गुण हुने गर्दछ जसले मोटोपनालाई कम गर्नमा मदत गर्दछ । दिनमा कमसेकम एकचोटि ग्रिन टिको सेवन गर्नु जरुरी मानिन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
