राष्ट्रवादी नायक नवल खड्काको अभिनयमा आयो ‘नो एमसिसि’ गीत (भिडियोसहित)

काठमाडौँ । गायक वसन काफ्लेको शब्द र संवादमा रहेको ‘नो एमसिसी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त गीतको म्युजिक-भिडियो सार्वजनिक गरिएको हो।

गायक वसन काफ्ले, मौसम मधुर र रेवन भित्रकोटीको स्वरमा रहेको गीतको भिडियोलाई निर्देशक कमल राईले निर्देशन गरेका छन् । जसमा छायाँकन शिव ढकालको रहेको छ । भिडियोमा एमसिसी सम्झौता गर्न नहुने सन्देश दिइएको छ । गीतको भिडियो नेट फर नेपाल यट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको हो। म्युजिक भिडियोमा राष्ट्रवादी नायक नवल खड्का, मौसम मधुर, वसन काफ्ले, रेवन भित्रकोेटी, पशुपति श्रेष्ठ लगायतको शसक्त अभिनय रहेको छ ।

Advertisement

पत्रकार सम्मेलनमा बोल्दै गीतका गायक तथा मोडल मौसम मधुरले वसन काफ्लेले रचना गरेको यो राष्ट्रवादी गीतमा आफुले गाउन पाउँदा निकै खुशी लागेको बताए । एमसिसीको विरोध नर्गर्ने कलाकारहरुको अमेरिका जाने इच्छा भएको हुनसक्ने आशंका समेत व्यक्त गर्दै आफुँहरुलाई भने राष्ट्रको शान ढालेर अमेरिका जाने मन नभएको बताए । उनले नो एमसिसी गीतको गीत पनि गाएका थिए ।

कार्यक्रममा गीतका गायक तथा मोडेल वसन काफ्लेले विभिन्न कारणले देश यतिखेर दुःखमा फसेको बताए । पार्टीहरु भन्दा हामी नागरिक हौ भनेर एमसिसी हस्तक्षेपलाई सबै जनतासामु पुर्याउन कोशिश गरेको बताए । जनता र देशको हितमा सरकारले निर्णय गर्नुपर्ने उनको भनाई थियो । सम्पुर्ण जनताको भावना समेटिएको शब्द रचना गरेर गीत तयार भएको बताए ।

कार्यक्रममा नेपाली जनता पार्टीका नेता एम जिसीले गीत संगित सधै अमर रहने बताए । देश तथा बिदेशमा रहेका सबैलाई झक्झक्याउने गीत संगितले भएको उल्लेख गरे । उनले गीत संगितले जनताको मन–मनमा आवाज पुर्याउने माध्यम भएको जिकिर गरे । नेपाली जनता पार्टीले सरकारलाई एमसिसी पासले नेपालमा घातक हुने भन्दै निवेदन दिएको समेत स्पष्ट पारे ।

हामी नेपाली हाम्रो नेपालका संयोजक तथा अभियन्ता ज्ञानेन्द्र शाहीले कार्यक्रममा बोल्दै संगितले नै मानिसको चेतनाको बृद्धि गर्ने बताए । उनले भने, ‘प्रत्येक आन्दोलनमा गीतले महत्वपुर्ण भुमिका खेल्दै आएको छ । यस गीतले एमसिसी देशको हितमा छ वा अहितमा छ भन्ने जनतासामु प्रस्ट पार्नेछ ।’ उनले एमसिसी विरुद्ध कहलिएका कलाकारहरु मौन बसेको आरोप लगाउदै देश नै नरहे कला पनि नरहने उल्लेख गरे । एमसिसी पारित गरेमा नेपालीहरु घरको ढोकामा आउन पनि नसक्ने अवस्था आउने बताए । एमसिसीका विरुद्ध लड्ने समय आएको भन्दै अब सत्ताको लागि नभई अब राष्ट्रको लागि लड्न पर्ने उनको भनाई थियो ।

यस्तो छ गीतको म्युजिक भिडियो :

More News last news
Loading...