कुलेन्द्र विश्वकर्माको नयाँ गीतमा कक्रोज र गीताको रोमान्स (भिडियोसहित)

काठमाडौँ । लोकप्रिय गायक कुलेन्द्र विश्वकर्माको नयाँ गीत ‘पछ्यौरी सलको’ बजारमा आएको छ।

गायक विश्वकर्मा र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको उक्त गीत गरिमा फिल्म मार्फत बजारमा आएको हो । गीतकार गोविन्द भट्टको शब्दमा दीपक बसन्त कार्कीले संगीत भरेका छन्।

Advertisement

प्रकाश भट्ट निर्देशन गरेको गीतको म्युजिक भिडियोमा पछिल्लो पुस्ताका लोकप्रिय हाँस्य कलाकार हरिश निरौला र गीता ढुँगानाको जोडदार अभिनय, नृत्य हेर्न पाइन्छ।

श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतलाई बिष्णु शर्माले सम्पादन गरेका छन्।

गीतमा भर्खरै माया पिरतीमा बाँधिएका मायालु जोडिको कथा वस्तुलाई टपक्क टिपेर गीत तयार पारिएको छ । गीतमा “गैरी खेतमा धान खायो भँगेरीको हुलले, मनको कुवा भरिदेउन पिरतीको मुलले, पछेउरीकी सलको, सपनी र बिपनीमा मायालुकै झल्को” जस्ता शब्द रहेका छन्।

More News last news
Loading...