एनआरएनको नयाँ नेतृत्वका लागि रबीना थापा समुहद्वारा उम्मेद्वारी घोषणा

उपाध्यक्षमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारी

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि बर्तमान उपाध्यक्ष रबीना थापा समुहले उम्मेद्वारी घोषणा गरेको छ। आज विशेष पत्रकार सम्मेलन गरेर उक्त समुहले आगामी एनआरएनएको नेतृत्वका लागि आधिकारिक रुपमा उम्मेद्वारी घोषणा गरेको हो।

उक्त समुहबाट आगामी कार्यकाल २०२१–०२३ का लागि अध्यक्षमा बर्तमान उपाध्यक्ष रबीना थापाले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेकी छन् भने उपाध्यक्षमा जयप्रकाश गुरुङ, महासचिवमा विनय अधिकारी र सचिवमा ओम गुरुङले उम्मेद्वारी घोषणा गरेका हुन्।

Advertisement

‘२० बर्षको अन्तरालमा यसअघि जमुना गुरुङले कोशिस गर्नुभएको थियो। उहाँको कोशिसलाई सफलपार्न अहिले म आएकीहुँ । आफैंले इच्छा गरेमात्रै नेतृत्वमापुग्नमहिलाहरु सफल हुनेछौं ।’ उनले परिवर्तनको एनआरएनएबनाउन खोजेको बताउदै सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई अपिल गरिन ।

‘पहिलो चोटी एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वकालागिउम्मेदवारी दिदैछौं । यो एउटा इतिहास रहनेछ । अर्कोतर्फ महिला नेतृत्वमापुगेको तपाईं देख्न चाहनुहुन्छ भने सहयोग गर्नुहोस’थापाले भनिन । परराष्ट्र मन्त्रालयले निर्वाचन स्थगितनगरेको भन्दै अनुरोध मात्र गरेको उनले जानकारी दिईन ।

सर्वोच्चअदालतले पनिविदेशमा बसेका नेपालीलाई मतदानगर्ने अधिकार सुनिश्चितगर्न सरकारकानाममाआदेश दिएको र त्यसलाई पुर्णरुपमाकार्यान्वयनमा ल्याउनदबाबदिने थापाले बताइन।

लाखौँ नेपालीविदेशमाकामगरेर देशमा रेमिटेन्स पठाइरहेका छन । उनीहरूलाई त मतदानको अधिकारबाट वञ्चितगर्नु हुँदैन भन्ने हो, उनले भनिन‘समयमा नै चुनावहुनेमा म विश्वस्त छु । परराष्ट्रमा परेको उजुरीको कारणले पनिहाम्रो टिमले पूर्णतापाउन ढिलाइ भएको हो । सबै देशहरुलाई समेटेर छिट्टै बलियो टिम निर्माण गर्छौ ।

अहिले एनआरएनमा सदस्य १ लाख ५ हजार मात्र रहेकोमा आफु अध्यक्षमा निर्वाचित भएमा संघको सदस्य संख्या १५ लाखसम्म पुर्याउँने लक्ष्य रहेको उनले बताईन । उनले भनिन ,‘लाखौँ नेपालीविदेशमाकामगरेर देशमा रेमिटेन्स पठाइरहेका छन । उनीहरूलाई त मतदानको अधिकारबाट बञ्चित छन,त्यो अधिकार सबैले पाउँनुपर्छ ।’

अहिले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाउने उनले बताईन। उनले विदेशमा हासिल गरेका सीपलाई व्यावसायिकीकरण गर्ने योजना समेत रहेको बताइन । विदेशबाट एक जना नेपालीले सिकेर आएको सिपलाई यहाँआएर अन्यलाई तालिमदिएर धेरै जनालाई सिपयुक्तबनाउन सकिने उनको भनाई छ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमाथापाले उपाध्यक्षमा सबैभन्दा बढी मतले चुनाव जितेकी थिइन।

घोषणा सभामा नै उपाध्यक्ष पदमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन । दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि संघको अध्यक्ष पदमा अमेरिका निवासी थापा, बेलायतका कुल आचार्य र रसियाका डा. बद्री केसीबीच अध्यक्षमा प्रतिस्पर्धा हुने देखिएको छ ।

More News last news
Loading...