क्वालालम्पुर । मलेसियाको मालाका राज्यमा पर्ने आलोर गाजाह स्थित एक कम्पनीमा कार्यरत एक नेपाली महिलालाई मलेशियन प्रहरीले बुधबार पक्राउ गरेको छ।
कम्पनीमा काम गर्दै आएकी ३८ बर्षीया ती नेपाली महिलाले आफ्नो गर्भबाट बच्चालाई जन्म दिइएर कोठामै साम्पाको प्लास्टिकले पोको पारेर ओछ्यानमाथी राखेको जानकारी पाएलगत्तै प्रहरीले पक्राउ गरेको हो । आवश्यक अनुसन्धानको लागी महिलालाई प्रहरीचौकीमा लगेको छ ।
कोठामा साम्पाको पलास्टिक भित्रको पोकोमा फेला परेको त्यो बच्चा पेट भित्रै मरेर जन्मेको या जन्म भैइसके पश्चात् महिला आफैंले बच्चालाई मारेर पलास्टिकमा पोको पारेर राखेको हो या होईनन्, भन्ने बारे केहि खुलाइएको छैन।
बच्चालाई जन्म दिइएर चुपचाप कसैलाई केहि नभनिकन कोठामै बसिरहेकी ती नेपाली महिलाले अन्ततः आफुले गर्भपतनको पीडा सहन नसकेर शरीर र हात, खुट्टा सुनिएर बिरामी परेपछि उपचारका लागी अस्पतालमा डाक्टर कहाँ गएकी थिइन्।
अस्पतालका डाक्टरले सोधखोज गर्दा ती महिलाले साच्चैनै बच्चालाई जन्म दिइएको घट्नाको रहस्य खुलेको हो।
उनलाई आज बिहिबार अदालतमा उपस्थित गराए पनि उनको सजाय कति हुने र कस्तो खालको हुने भन्ने केहि नखुलाइएको, केहि उल्लेख गरिएको छैन।
महिलाले अदालतमा दिइएको बयान अनुसार प्रेमी केटा साथीको उमेर पनि ३८ बर्षनै रहेको र प्रहरीद्वारा ती केटालाई पनि पक्राउ गर्नको लागी खोजिनिती गरिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
