काठमाडौंको कागेश्वरी मनोहरामा ‘प्रहरी मुभ’ : मध्यराती यस्तो अवस्थामा १२ जना पक्राउ

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाबाट प्रहरीले झण्डै १९ लाख रुपैयाँ नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ।

गए राति १२ बजे कागेश्वरी मनोहरा ७ हरहर महादेवबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँ नगदसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले सात सेट तास पनि बरामद गरेको छ ।

Advertisement

विशेष सुराकीको आधारमा पुगेको प्रहरीले मध्यराति स्थानीय कमल दाहालको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ परेकाहरुलाई आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, प्रहरीले काठमाडौंको कपनबाट पनि जुवातास खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ । बुधबार साँझ २५ हजार ५ सय ५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, चन्द्रागिरि नगरपालिका-११ स्थित सामसुङ टिभि कारखानाको कम्पाउण्डमा राखिएको बिद्युतको ट्रान्सफर्मर चोरी गर्दै गरेको अवस्थामा धादिङ गल्छि गाउँपालिका-८ घर भएका ४३ वर्षीय नारायण थापालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

असोज २ गते राति थापा लगायत ४ जनाले उक्त ट्रान्सफर्मर चोरी गरी हिँड्न लागेको अवस्थामा स्थानीय बासिन्दाहरु नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरी तलासी गर्दा १ थान फलाम काट्ने कटर, १ थान पेन्चिस थान, १ थान फलामको डण्डी, १ थान स्क्रुड्राईभर, ११ थान बिभिन्न साईजको रेन्ची, २ थान कपडाको सल, ३ थान प्लाष्टिकको बोरा, १ थान ट्रान्सफर्मर र १ थान ट्रान्सफर्मर तान्न प्रयोग भएको रवरको फिता डोरी सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

चोरीमा संलग्न हाल फरार अन्य ३ जनाको खोजी गरिरहेको छ । थापा उपर मुलुकी फौजदारी संहिता, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

 

More News last news
Loading...