खाजा घरको आवरणमा यस्तो धन्दा ! श्रीमान-श्रीमतीसहित ३ जना पक्राउ

काठमाडौँ । खाजा घरभित्र यौन व्यवसाय चलाएको आरोपमा चितवनको नारायणगढबाट होटल सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

भरतपुर महानगरपालिका–२ लायन्सचोकस्थित विकास खाजा घरमा कामदार राखिएकी महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा होटल सञ्चालक धादिङको थाक्रे गाउँपालिका–३ का ४२ वर्षीय भोजबहादुर तामाङ, उनकी श्रीमती ३४ वर्षीय विपना तामाङ, होटलमा ग्राहक बनेर आएका बाराको बारागढी गाउँपालिका–६ सिहसनीका २८ वर्षीय राजेश चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

Advertisement

उक्त खाजा घरमा महिलालाई राखी यौनधन्दामा संलग्न गराउने कार्य भइरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

अनुसन्धानको क्रममा होटल सञ्चालक तामाङ दम्पतीले दुई महिलालाई लुगा धुने, खाना पकाउने, सरसफाइलगायतको काम दिन्छु भनेर फकाएर विभिन्न ग्राहकसँग यौनकार्यमा संलग्न गराउँदै आएको खुल्न आएको प्रहरीको भनाइ छ। प्रहरीले घटनामा संलग्न पीडित महिलाको भने उद्धार गरेको छ।

पक्राउ परेका तीनै जना विरुद्ध मानव बेचबिखन मुद्दामा जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...