अस्ट्रेलिया । अस्ट्रेलियाको दक्षिण पूर्वी क्षेत्रमा ५.८ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ। भूकम्पले कैयौं भवनहरु क्षतिग्रस्त भएका छन्।
भूकम्प स्थानीय समयअनुसार बिहान सवा ९ बजे गएको थियो। भूकम्पको केन्द्रविन्दू मेलबर्न सहरबाट पूर्वतर्फ म्यान्सफिल्डमा रहेको बताइएको छ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भुकम्पका विषयमा बयान जारी गर्दै भनेका छन् ‘अहिलेसम्म हामीले कोही गम्भीर रुपले घाइते भएको वा मारिएको खबर पाएका छैनौं। यो राम्रो खबर हो।’
भूकम्पको धक्का दक्षिणी अस्ट्रेलियाको न्यू साउथ वेल्समा पनि महसुस गरिएको थियो। पहिलो शक्तिशाली भूकम्पपछि ४ म्याग्नेच्युड र ३.१ म्याग्नेच्युडका परकम्प पनि आएका थिए।
यो कैयौं वर्षपछि अस्ट्रलियामा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो। तर, अहिलेसम्म यो भूकम्पबाट ठूलो नोक्सानी भएको खबर छैन। मोरिसनले अस्ट्रेलियामा भूकम्प आउनु असामान्य भएको भन्दै यो निकै चिन्ताजनक हुन सक्ने बताएका छन्।
भिक्टोरिया स्टेट इमरजेन्सी सर्भिसले जनतालाई सम्भावित झट्काहरुको लागि सतर्क रहन चेतावनी दिएको छ। इमरजेन्सी सर्भिसले भनेको छ ‘यदि तपाइँ भिक्टोरियामा हुनुहुन्छ भने खतरामा हुनुहुन्छ। फेरि पनि झट्का आउन सक्छन्। क्षतिग्रस्त भवनबाट टाढा रहनुस्। आपतकालीन अवस्थामा बाहेक ड्राइभिङ नगर्नुस्।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
