नुवाकोट । जिल्ला अदालत नुवाकोटले आफ्नै छोरी करणी गरेको अभियोग लागेका आरोपितको कसुरमा दोषी ठहर गर्दै २९ वर्षभन्दा बढी सजायको फैसला गरेको छ।
४ वर्षिया छोरीलाई बलात्कार गरेको कसुरमा ३६ वर्षिय बाबुलाई जिल्ला अदालत नुवाकोटले २९ वर्ष ६ महिना कैद सजाय सुनाएको हो। जिल्ला न्यायधिश उमेशप्रसाद लुइटेलको इजलासले विहीबार आरोपितले गरेको कसुरमा दोषी ठहर गर्दै उक्त सजायको फैसला गरेको जिल्ला अदालतले जनाएको छ।
अदालतले बलात्कारमा २५ वर्ष सजाय र हाडनाता करणीमा चार वर्ष ६ महिना कैद सजाय गरेको हो । अदालतले कसुरदारबाट ५० हजार रुपैयाँ जरिवाना तिराउन पनि आदेश दिएको छ।
२०७७ असार ६ गते छोरीलाई करणी गरेको भन्दै बालिकाको आमाले श्रीमान् विरुद्द असार ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । सूर्यगढी गाउँपालिकामा घर भएका उनीहरु लिखु गाउँपालिकामा डेरामा बस्दै आएका थिए।
घटना लिखु गाउँपालिकामा भएको थियो । आरोपितलाई नुवाकोट प्रहरीले असार ७ गते पक्राउ गरेको थियो । उनलाइ जिल्ला अदालत नुवाकोटले २०७७ साउन १ गते पुर्पक्षको लागि थुनामा पठाएको खबर त्रिशुली खवर साप्ताहिकमा छापिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
