काठमाडौं । काठमाडौँको कलंकीस्थित भाटभटेनी चोकको आमुन्नेसामुन्ने (अपोेजिट)मा फेमिली रेष्टुरेन्ट ‘टिकटक होटेल एण्ड रेस्टुरेन्ट’ सञ्चालनमा आएको छ । लामो समय जापानमा अनुभव बटुलेका युवा व्यवसायी मुकुन्द गौतमले ‘टिकटक होटेल एण्ड रेस्टुरेन्ट’ सञ्चालनमा ल्याएका हुन्।
आइतबार काठमाडौ महानगरपालिका–१४ का वडा अध्यक्ष सोभा सापकोटाले उक्त रेस्टुरेन्टको उद्घाटन गरेकी हुन् । सञ्चालनमा आएको रेष्टुरेन्टमा स्वेदेशी तथा विदेशी खानाको परिकारका स्वाद लिनेका लागि नयाँ गन्तव्य ‘टिकटक’ बन्ने व्यवसायीहरूको भनाइ छ।
उक्त रेष्टुरेन्टमा जापनिज, चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक–फरक स्वाद लिन पाइने बताइएको छ । हाइजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक–फरक मेनु समेत प्रस्तुत गरिने सञ्चालक गौतमको भनाइ छ।
‘टिकटक रेष्टुरेन्ट’ सञ्चालक गौतमले केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्टको सुरुवात गरेको बताए । रेष्टुरेन्ट बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालनमा आउनेछ।
खुल्ला पारिवारिक वाताबरणमा कलंकीको शान्त बाताबरणमा बालबालिका सवैका लागि उपयुक्त खुल्ला स्थान रहेका कारण सामाजिक सञ्जाल टिकटक बनाउन आर्कषक डिजाइनसमेत तयार पारिएको छ।

होटलमा बालबालिकाका लागि पिङ खेल्न सक्ने छन् भने आफै लाईभ मटन, चिकन सेकुवा, ताससमेत आधुनिक भट्टीमा उपलब्ध हुनेछन् । आधुनिक भट्टीको समय निर्धारणअनुसार बुकसमेत गर्न सकिने रेष्टुरेन्टको नियम छ।
केही समयको अन्तरालमा साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिक रुपमा फरक फरक कलाकारहरुबाट लाईभ म्युजिकल प्रस्तुतिसमेत रहने जनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
