भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन–२ को विजेता

काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ को उपाधि भरतमणि पौडेलले जितेका छन् । आज राति भएको ग्रान्ड फिनालेमा उनले बाजी मारेका हुन् ।

फाइनलमा पुगेका भारत सिक्किमका बिक्की अग्रवाल र गोरखाका कमेडियन सन्तोष थापालाई पनि पार्दै ताप्लेजुङका भरतमणिले कमेडी च्याम्पियन सिजन–२ को उपाधि उचालेका हुन् । उपाधिको टाइटलसँगै उनले कार  र २५ लाख उपहार पाएका छन् ।

Advertisement

फष्ट रनरअप बिक्की अग्रवाल बने भने सेकेन्ड रनरअप सन्तोष थापा बनेका छन् । फष्ट रनरअप र सेकेन्ड रनरअपले क्रमशः मोटरसाइकल र स्कुटर पाएका छन् ।

भरतमणिलाई नेकपा एमालेका नेता तथा पूर्व मन्त्री योगेश भट्टराई र नेपाली कांग्रेसका युवा नेता गगन थापाको साथ थियो ।

गत सिजनमा प्रत्यक्ष साथ नदिएका नेताहरुले यो पटक भने खुलेरै आफू निकट प्रतिभालाई साथ दिएका थिए । आ–आफ्ना जिल्लाका नेताहरुले प्रतिस्पर्धीलाई साथ दिएका हुन् ।

गगनले भने आफू सञ्चालक समितिमा रहेको कलेजको विद्यार्थी भएकाले भरतमणिलाई सहयोग गर्ने बाहना मिलेको बताएका थिए । भरतमणि जिपी कोइराला मेमोरियल कलेजका विद्यार्थी हुन्।

More News last news
Loading...