‘सालिनदीस्थित स्वस्थानी मातालाई पसिना आएपछि‘

काठमाडौँ । स्वस्थानी मातालाई पसिना आएको छ। शनिबार बेलुका ६ बजेतिर नित्य पूजा भइरहेको समयमा साँखु सालिनदीस्थित स्वास्थानी माताको मुख्य मूर्तिमा पसिना आएको मन्दिरका पुजारी मधु ढुंगानाले जानकारी दिए।

उनका अनुसार मूर्तिको अनुहारबाट बग्ने गरी पसिना आएको र आफूले कपडाले पुछेको बताए। ढुंगानाले भने ‘म नित्य पूजाका लागि मन्दिरमा पुग्दा पसिना आइरहेको रहेछ। मैंले कपडाले पुछेँ पनि फेरि आयो। मूर्तिको अनुहारबाट बगेको पसिना घाँटीसम्म आयो।’

Advertisement

उनका अनुसार स्वस्थानी मातालाई पसिना आएको यो दोस्रोपटक हो। एक महिनाअघि पहिलोपटक पसिना आए पनि अहिले जस्तो नभइ सामान्य रहेको उनले बताए।

‘एक महिनाअघि पनि पसिना आएको थियो। तर त्यसबेला अहिले जस्तो थिएन। यसपटक बग्ने गरी निक्कै बेर आयो। पूजा गरेपछि रोकियो। त्यसपछि म हिडेँ।’ स्वस्थानीलाई पसिना आएको हल्ला चलेपछि हेर्नेको भीड नै लागेको थियो।

साँखुका स्थानीय बासिन्दा राकृष्ण लामिछानेले हल्ला चलेपछि आफू पनि हेर्न गएको र जाँदा खलखली पसिना आएको देखेको दाबी गरे। उनले भने, ‘पसिना आयो भन्ने हल्ला चलेपछि म पनि दौडिँदै पुगेँ। जाँदा खलखली पसिना आइरहेको थियो। स्वस्थानीलाई पसिना आएको मैंले पहिलोपटक सुनेको र देखेको हो।’

साँखुका संस्कृतिविद् प्रकाशमान श्रेष्ठका अनुसार यसरी स्वस्थानीलाई पसिना आएको यो पहिलो घटना भएको बताए।

More News last news
Loading...