काठमाडौंबाट जाँदै गरेको जीप दुर्घटना, तीन जनाको ज्यान गयो, एक घाइते

काठमाडौँ । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

बिहीबार बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठले जानकारी दिए।

Advertisement

प्रदेश नम्बर ३ -०१-०२३-च-३५१३ नम्बरको जीप सडकबाट ६-७ सय मिटर तल खसेको उनले बताए। घटनास्थलबाट एक जना बालकको उद्दार गरिएको छ।

ओखलढुंगा घर भएका अन्दाजी ३४-३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको छ। अर्का एक जनाको भने पहिचान नखुलेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

घाइते बालक अन्दाजी १२ वर्षीय पेम्बा शेर्पा छन्। उनी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ। उनको उपचारको लागि तामाकोशी अस्पताल लगिएको छ।

More News last news
Loading...