काठमाडौंको स्वयम्भूबाट सोनाम तामाङ पक्राउ ! शङ्का लागेर चेकजाँच गर्दा प्रहरीनै चकित

काठमाडौं । सशस्त्र प्रहरीले काठमाडौंबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्रको विशेष व्यूरो टोलीले बुधबार दिउँसो ४:१० बजे काठमाडौं महानरपालिका–१६ स्थित सीतापाइलाबाट एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौंस्थित तारकेश्वर नगरपालिका–३ जितपुर फेदीका २४ वर्षीय सोनाम तामाङ रहेका छन् । सीतापाइलाको रक चिल्ली रेस्टुरेन्टबाट अवैध रुपमा मेड इज जर्मनी लेखिएको लोडेल भरुवा पेस्तोल लिएर हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो।

Advertisement

सो पेस्तोलमा लाग्ने पाँच राउन्ड गोली पनि सशस्त्र टोलीले पक्राउ गरेको छ । उनको साथबाट बा ४९ प ७५६५ नम्बरको मोटरसाइकल, एक थान मोवाइल र म्यागेजिन पनि बरामद गरेको हो । उनीमाथि थप अनुसन्धानका लागि सशस्त्र टोलीले स्वम्भूस्थित प्रहरी वृत्तमा बुझाएको छ।

यस्तै, प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ बल्खु बस्‍ने ४८ वर्षीय प्रकाश श्रेष्ठ र काठमाडौं महानगरपालिका-२९ असन बस्‍ने ३६ वर्षीय बिनम श्रेष्ठ रहेका छन्।

प्रकाशलाई रुपन्देहीबाट र बिनमलाई काठमाडौंको असनबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ। उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारी बैंक अफ काठमाडौँ र सिद्धार्थ बैकको चेक काटेर दिएका थिए।

दुवैजनाले पीडितलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर बैंक अफ काठमाण्डु र सिद्धार्थ बैकका बिभिन्न रकमका चेकहरु आ-आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई दिएका थिए।

पक्राउ परेका दुवैजनालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्‍यूरोले जनाएको छ।

More News last news
Loading...