काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) रोजेका नेकपा एमालेका दुई सांसदलाई कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
एकीकृत समाजवादी पार्टी रोजेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टलाई मुद्दा नटुंगिएसम्म कारबाही नगर्न अदालतले अन्तरिम आदेश दिएको हो।
पाण्डे र भट्टले आफूले नेकपा (एस) रोज्न पाउँ भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
निर्वाचन आयोगले नेकपा (एस)लाई दर्ता गर्नुअघि नै भदौ ८ मै निर्वाचन आयोगमा निवेदन दिइसकेको भन्दै उनीहरुको नाम सनाखतमा समावेश नगराउनु मनासिव नदेखिएको सर्वोच्चले व्याख्या गरेको छ।
सर्वोच्चले पाण्डे र भट्टमार्थि एमालेले कुनै कारबाही गर्न नपाउनेसमेत अन्तरिम आदेश दिएको छ। सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा र राष्ट्रियसभामा एमालेको एक–एक सिट घटेको छ भने नेकपा (एस)मा बढेको छ ।
अब प्रतिनिधिसभामा एमाले ९८ सिटमा घटेको छ भने राष्ट्रियसभामा २५ सिटमा झरेको छ । नेकपा एसको भने प्रतिनिधिसभामा २३ सिट र राष्ट्रियसभामा ७ सिट पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
