आज यी दुई प्रदेशमा वर्षा हुने

काठमाडौँ । आज मंगलबार बागमती र गण्डकी प्रदेशका अधिकांश ठाउँमा वर्षाको सम्भावना छ।

भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय प्रणालीका कारण हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Advertisement

मंगलबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति बागमती र गण्डकीका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

महाशाखाका अनुसार, बुधबार पनि प्रदेश १, २ र बागमतीका थोरै स्थान तथा अन्य प्रदेशका केही भूभागमा वर्षाको सम्भावना रहेको छ।

More News last news
Loading...