काठमाडौंको टोखा बस्ने पागल प्रेमी समातिए, गरेछन् गर्नै नहुने यस्तो काम, प्रेमिकाले दिईन उजुरी

काठमाडौँ । प्रेमिकाको अ श्लि ल फोटो-भिडिओ सामाजिक सञ्जालमा हालेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाले दोलखा घर भई काठमाडौंको टोखा बस्ने २३ वर्षीय सुजन जिरेललाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

Advertisement

उनले प्रेमिकाको अश्लिल फोटो तथा भिडिओ फेसबुक, इन्स्टाग्राममा पोष्ट गरेर चरि त्र हत्या गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। उनीहरूबीच विवाद हुँदा फोटो तथा भिडिओ सामाजिक सञ्जालमा पोष्ट गरेको भन्ने जाहेरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

जिरेल काभ्रेमा भएको सूचना पाएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेसँग समन्वय गरेको थियो। उनलाई प्रहरीले पाँचखालमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।

उनलाई प्रहरीले आइतबार पक्राउ गरी काठमाडौं ल्याएको हो। उनीमाथि विद्युतीय कारोबार ऐन कसुर अनुसार थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ।

More News last news
Loading...