उत्तर कोरियाले फेरि गर्‍यो क्रुज मिसाइल परीक्षण, १५०० किमी मार हान्न सक्ने

काठमाडौँ । उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ। दुई वटा नयाँ प्रकारका लामो दूरीका क्रुज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको दाबी उसले गरेको छ।

परीक्षण गरिएका ती मिसाइलले १५ सय किलोमिटरको दूरी तय गर्न सक्छन्। उत्तर कोरियाले ती मिसाइललाई ‘महत्वपूर्ण रणनीतिक हतियार’ को रूपमा व्याख्या गरेको छ।

Advertisement

उत्तर कोरियाले फेरि गर्‍यो क्रुज मिसाइलको परीक्षण, १५ सय किमिको दुरीसम्म मार हान्न सक्ने गत जनवरीमा अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले सपथ लिएको बेला पनि उत्तर क्रुज मिसाइल परीक्षण गरेको थियो।

केही दिनअघिमात्रै उत्तर कोरियाले मुलुक स्थापना भएको ७३ औं वर्ष पुगेको उपलक्ष्यमा प्योङयाङमा विशाल सैनिक परेड गरेको थियो।

बुधबार राति भएको उक्त परेडमा उत्तर कोरियाली नेता किम जोङ उन पनि सहभागी भएका थिए।

More News last news
Loading...