अंशबण्डाको विषयमा खुकुरी हानाहान, दाइको ज्यान गयो, भाइ र भतिज खोरमा

काठमाडौं । ओखलढुंगामा अंशबण्डाको विषयमा खुकुरी हानाहान हुँदा एक वृद्धको मृत्यु भएको छ ।

खिजिदेम्बा गाउँपालिका–५ ढाडखर्क बस्ने ६८ वर्षीय मित्र बहादुर तामाङको मृत्युपछि प्रहरीले २ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ।

Advertisement

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मृतककै माइला भाइ ६७ बर्षीय शेर बहादुर तामाङ र शेरबहादुरकै छोरा ३६ वर्षीय वीर बहादुर तामाङ रहेका छन्।

जग्गा अंशबण्डाको बिषयमा उनीहरूबीच विवाद भएको थियो। विवादका बीच शेरबहादुर र वीरबहादुरले खुकुरी तथा दाउ प्रहार गर्दा मित्रबहादुरको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ।

शेरबहादुर र वीरबहादुरलाई खुकुरी तथा दाउ सहित प्रहरीले पक्राउ गरेको हो । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

More News last news
Loading...