युवा संघ प्रर्दशनमा प्रहरी दमन, दर्जनौ कार्यकर्ता घाईते, आधादर्जन बढि पक्राउ

काठमाडौँ । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघको प्रदर्शनमा झडप भएको छ। उक्त झडपमा परि दर्जनौँ नेता कार्यकर्ता घाइते भएको र आधा दर्जनबढी नेताहरु पक्राउ परेको युवा संघले जनाएको छ।

घाइतेमध्ये युवा संघका स्थाई कमिटी सदस्य सम्राट गौचन गम्भीर चोट लागेको संघका केन्द्रीय सदस्य सुजन केसीले नयाँ पुस्तालाई जानकारी दिए ।

Advertisement

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पास गर्ने तयारी गरेको भन्दै युवा संघले केही दिनदेखि काठमाडौँमा प्रदर्शन गर्दै आएको छ ।

केसीले भने, “हाम्रो संगठनले शान्तिपूर्ण रुपमा गरेको प्रर्दशनमा प्रहरीले निर्दयी पारामा प्रर्दशनकारीमाथि दमन शुरु गर्यो। कुटपिटमा परी हाम्रा दर्जनौँ नेता कार्यकर्ताहरु घाइते हुनुभएको छ । हामी प्रहरी दमनको घोर भत्र्सना गर्दछौँ। हाम्रो एमसिसी र सभामुख विरुद्धको प्रर्दशन जारी रहन्छ।”

यता, प्रमूख प्रतिपक्षी दल नेकपा (एमाले) ले पछिल्लो समय शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाएको भन्दै अब सरकारले एमसिसी संसद्मा प्रस्ताव गरेपनि पारित गर्न नदिने रणनीतिमा पुगेको छ।

More News last news
Loading...