नायिका ऋचा शर्मालाई पुत्र लाभ

काठमाडौँ । नायिका ऋचा शर्माले छोरालाई जन्म दिएकी छिन् । आज (बुधबार) बिहान नायिका शर्माले छोरालाई जन्म दिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

परिवारका अनुसार, नायिका शर्मा आज बिहान मात्रै अस्पतालमा भर्ना भएकी थिइन्। ऋचाको सिजर गरिएको वुझिएको छ । आमा र छोराको अवस्था सामान्य रहेको छ ।

Advertisement

नायिका ऋचा शर्माले करिब २ बर्ष अगाडि प्रेमी दिपेक्षा विक्रम राणासँग बिहे गरेकी थिइन् । पहिलो चरणको लकडाउनपछि ऋचा गर्भवती भएकी थिइन्।

नायिका शर्मा गर्भवती भएपछि पनि ‘कमेडी च्याम्पियन २’को निर्णायकको रुपमा काम गरिरहेकी थिइन्।

तर, आमा बन्ने दिन नजिकिएपछि उनले यो साताबाट मात्रै निर्णायक पदमा नरहने निर्णय गरेकी थिइन्।

More News last news
Loading...