लण्डन । गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशनमा भाग लिने प्रतिनिधिको प्रारम्भिक नामावाली प्रकाशन भएको छ।गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा भाग लिने प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छ।
गैर आवासीय नेपाली संघको १० औ महाधिवेशनमा भाग लिने प्रतिनिधिको प्रारम्भिक नामावली संघको वेभसाईट मार्फत सार्वजनिक गरिएको हो। पहिलो चरणमा नाम प्रकाशित भएका मध्ये डकुमेन्ट, सेल्फी र विवरण छुटेका प्रतिनिधिहरुले सेप्टेम्बर १२ तारिख सम्म पठाइ सक्नु पर्ने छ।
पहिलो चरणमा ६५ र १० प्रतिशतबाट छनोट भएर आएका प्रतिनिधिको नामावली सार्वजनिक गरिएको हो। चार देश बाहेक बाँकि २५ प्रतिशतको नामावली भोलि सार्वजनिक गरिने संघले जनाएको छ।
त्यस्तै, एउटै देशबाट दुई वटा नामावली आएका यूके, अष्ट्रेलिया, अमेरिका र जापानको हकमा २५ प्रतिशतको विषयमा भने विधान ब्याख्या समितिले अन्तिम निर्णय गरेपछि मात्र नामावली सार्वजनिक गरिने भएको छ।
चार देशबाट वर्तमान कार्यसमिति र निवर्तमान कार्यसमितिबाट छुट्टाछुट्टै नामावली आएपछि विवाद भएको थियो। विधानको विषयमा प्रश्न उठेपछि त्यसको निर्णय गर्ने जिम्मा विधान ब्याख्या समितिलाई दिइएको हो।
संघले विवरण समय अबधी भित्र प्राप्त हुन नसके महाधिवेशन अन्तर्गतको मतदान सहितको निर्वाचनमा भाग लिने आधिकारीता प्राप्त नहुने समेत निर्देशन दिएको छ।
संघको निर्वाचन समितिका सदस्य सचिव भूषण घिमिरेका अनुसार मतदाता नामावली प्रकाशन भएपछि निर्वाचनको मिति केहि दिनमा घोषणा गर्ने तयारी निर्वाचन समितिले गरेको छ। संघका महाधिवेशनमा विश्वभरिका ६४ देशबाट ३५ सय बढी प्रतिनिधि सहभागि हुने भएका छन्। प्रारम्भिक मतदाता नामावली हेर्न यो लिंकमा थिच्नुहोस् >>>
प्रतिनिधिहरुको विवरण पठाउने सम्बन्धी जरुरी सूचना
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अक्टोबरमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचन सम्पन्न गर्नका लागि आन्तरिक तयारी भइरहेको छ । निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको छ । प्रथम चरणको नामावली संघको वेवसाइट www.nrna.org को लिंक https://nrna.org/10thgc/ मा प्रकाशित गरिएको छ।
यही आउने १२ सेप्टेम्बर २०२१ नेपाली समय बेलुका ५ बजे भित्र तल अनुसारको विवरण सचिवालयमा पठाउन हुन राष्ट्रिय समन्वय परिषद र पञ्जिकृत सदस्यहरुलाई अनुरोध गरिन्छ । तलका विवरण समय अबधी भित्र प्राप्त हुन नसके महाधिवेशन अन्तर्गतको मतदान सहितको निर्वाचनमा भागलिने आधिकारीता प्राप्त नहुने समेत निर्देशन अनुसार जानकारी गराउंदछौ ।
सचिवालयले प्रकाशित गरेको सूचिमा उल्लेख भए अनुसार सम्बन्धित देशमा बसोबास गरेको प्रमाणित हुने र गैरआवासीय नेपालीको हैसियत खुल्ले कागजात छैन भने प्रतिनिधि स्वयंम वा एनसिसिले [email protected] मा पठाउने ।
सचिवलायले प्रकाशित गरेको प्रतिनिधिको सूचिमा सेल्फी पठाउन छुटेका भनि उल्लेख भएका प्रतिनिधिहरुले स्मार्ट एनआरएनए Apps मार्फत सेल्फी लिने।
पंजिकृत सदस्यता शुल्क बुझाउन बाँकी रहेका एनसिसिहरुले १२ सेप्टेम्बर २०२१ भित्र तलको खातामा पंजिकृत सदस्यता शुल्क जम्मा गर्ने ।
Account No : 024010010000526
Beneficiary : NRNA
Bank : Sanima Bank Limited
Branch : Teku, Kathmandu
Swift : SNMANPKA
· प्रतिनिधि माथीको दाबाबिरोध निम्न अनुसारको विवरण खुलाएर दिन सकिने छ:
– कसको लागि दाबा बिरोध गरिएको हो (नाम, राष्ट्रिय समन्वय परिषद् र सदस्यता न सहित),
– के कारणले दाबा बिरोध गरिएको हो उल्लेख गर्ने ।
– कसले दाबा बिरोध गरेको हो (नाम, राष्ट्रिय समन्वय परिषद् सदस्यता नं, ईमेल, फोन न सहित) । आबश्यक पर्यो भने सचिवालयले सम्पर्क गर्ने छ ।
– एमआईएस प्रणालीमा माथि उल्लेखित मिति र समय सम्म आएका सदस्यहरुको विवरण आधारमा प्रतिनिधीको साख्या तोकिने छ ।
– एनसिसि अमेरिका र अष्ट्रेलियाका पंजिकृत सदस्यहरुको विवरण सहित डेलिगेष्टसहरुको माथी उल्ल्लेख गरेको विवरण र तोकिएको मिति सम्म सचिवालयमा पठाउनु पर्ने र प्रतिनिधिहरुले एमआईएस प्रणालीबाट सम्बन्धित देशमा बसोबास गरेको प्रमाणित हुने र गैरआवासीय नेपालीको हैसियत खुल्ने कागजाउने बुझाउने ।
गैरआवासीय नेपाली संघ
सचिवालय
मितिः ७ सेप्टेम्बर २०२१
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
