काठमाडौँ आउँदै गरेको बस चेकजाँच गर्दा छक्क पर्यो प्रहरी, १९ वर्षिय किशोरले देखाए हर्कत

काठमाडौँ । नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट सहित आज एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी रुपनी गाउँपालिका–६ का १९ वर्षीय सुरेश खङ्ग रहेका छन्।

Advertisement

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले सप्तरीको राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ५३१५ नं को यात्रुबाहक बस चेकका क्रममा सहित उनलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले कालो रङ्गको झोलाभित्र लुकाएर ल्याएको नाइट्राभेट–१० लेखिएको ५८५ ट्याब्लेट खङ्गलाई पक्राउ गरिएको जानकारी दिए ।

पछिल्लो समय प्रहरीले सो नाकामा विशेष कडाइ गरेसँगै गैर कानुनी धन्दा जलाउने कारोबारकर्ता पक्राउ हुन थालेका छन्।

More News last news
Loading...