काठमाडौँ । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा आज बिहान ६ बजे पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो।
पहिरो ठूलो भएकोले हटाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
सडक विभागको मेसिनसहतिको टोलीले पहिरो हटाउने काम गरीरहेको छ। पहिरोको कारण सवारी जाम भएको छ।
अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
