संखुवासभा । संखुवासभामा अज्ञात समुहद्वारा एकै परिवारका ६ जनाको हत्या भएको छ। जिल्लाको मादी नगरपालिका–१, खोला गाउँका तेजबहादुर कार्की परिवारको अज्ञात समूहद्वारा बंश नै नास गरिएको हो।
धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा परिवारका सबै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले खाँदबारीले जनाएको छ।
हत्या गरिएकामा ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की रहेका छन्।
सबैको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
विहान अबेरसम्म घरको दैलो नखुलेपछि छिमेकिले तेजबहादुरलाई बाहिरबाट बोलाएका थिए। तर, भित्रबाट कुनै प्रतिक्रिया नआएपछि अबेर गरि छिमेकीले प्रहरीलाई जानकारी गराएका थिए। हाल प्रहरीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान अगाडी बढाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
