कीर्तिपुरमा ‘मास्कविना प्रवेश निषेध’ अभियान शुरू, ‘मास्क बैंक’ स्थापना

काठमाडौँ । कीर्तिपुर नगरपालिकामा ‘मास्कविना प्रवेश निषेध’ अभियान शुरु गरिएको छ।

कोरोना संक्रमणबाट बच्नका लागि मास्क अनिवार्य लगाउनुपर्ने भएपछि कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले यस्तो अभियान शुरु गरेको हो।

Advertisement

आइतबार बिहान कीर्तिपुरमा अभियानको शुभारम्भ गर्दै मेयर रमेश महर्जनले सबै नागरिकलाई कोरोनाको संकटबाट बचाउन अनिवार्य रुपमा मास्क लगाउन जनचेतना जगाउनका लागि सो अभियान संचालनमा ल्याइएको बताए।

कीर्तिपुर नगरपालिकाले मानिसहरुको भीडभाड हुने स्थलमा जाँदा हरेक नागरिकले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने भएकाले सो अभियान संचालनमा ल्याउनु परेको पनि स्पष्ट पारेको छ।

त्यसका लागि मास्क उपलब्ध गराउन ‘मास्क बैंक’को पनि स्थापना गरिएको छ। सक्नेले दिने र नसक्नेहरुलाई निःशुल्क रुपमा वितरण गर्न सो बैंकको स्थापना गरिएको मेयर महर्जनको भनाइ छ।

More News last news
Loading...