चन्द्रागिरि केबलकार भोलिदेखि पुनः सञ्चालनमा, जीपलाइन पनि सुरु हुँदै

काठमाडौँ । कोरोना महामारीका कारण बन्द रहेको चन्द्रागिरि केबलकार भोलि शनिवारदेखि सञ्चालनमा आउने भएको छ।

भोलिदेखि नियमित रूपमा केबलकार सञ्चालन गर्न लागिएको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिए ।

Advertisement

कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेस्टुरेन्ट लगायतका सेवा भोलिदेखि स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सञ्चालन हुने उनले बताए।

पौराणिक महत्त्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न भारत लगायत अन्य देशबाट समेत पर्यटकहरू चन्द्रागिरि पुग्ने गरेका छन्। कम्पनीका महाप्रबन्धक शाहले चन्द्रागिरि हिल्समा भोलिदेखि नै जीपलाइन पनि सुरु गर्न लागेको जानकारी दिए।

चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य स्थल बनिसकेको छ।

More News last news
Loading...