काठमाडौँ । बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ। उनको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन्। ४० वर्षको उमेरमा सिद्धार्थको निधन भएको हो।
भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधि खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधि सेवन गरेका थिए भन्ने खुलेको छैन।
सिद्धार्थ ‘बीग बोस–१३’को विजेतासमेत बनेका थिए । सिद्धार्थको जन्म सन् १९८० मा मुम्बईमा भएको थियो । उनले सन् २००५ मा उत्कृष्ट मोडलको अवार्ड जितेका थिए। यसपछि, उनले टेलिभिजन सिरियलमा अभिनय सुरु गरेका थिए।
सलमान खानले सिद्धार्थलाई बिग बोस १३ विजेताको उपाधि दिएका थिए । सलमानले ट्वीट गर्दै सिद्धार्थको निधनप्रति दुःख व्यक्त गरेका छन्।
सलमानले सिद्धार्थ चाँडै गएको भनेका छन्। सलमानले लेखेका छन् ‘तिमी धेरै छिटो गयौ सिद्धार्थ । तिम्रो कमी महसुस भइरहनेछ । परिवारप्रति समवेदना। स्वर्गमा बास होस्।’
Gone too soon Siddharth.. u shall be missed. Condolences to the family .. RIP🙏
— Salman Khan (@BeingSalmanKhan) September 2, 2021
सिद्धार्थले अभिनय गरेका ‘ब्रोकन बट ब्युटिफुल ३, बालिका बधु, दिल से दिल तक’ लगायतका सिरियल चर्चामा थिए । उनले ‘फियर फ्याक्टर ७’को समेत उपाधि जितेका थिए। सिद्धार्थले ‘सावधान इन्डिया र इन्डिया गट ट्यालेन्ट’ लगायतका शोको होस्टसमेत गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
