काठमाडौँ । कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि हुने भएको छ । परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए।
यसअघि तयारी गरेअनुसार होम सेन्टरबाटै परीक्षा सञ्चालन हुने पनि उनले बताए। यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो ।
तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा ३० गतेदेखि सुरु हुने भएको हो। कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन्।
राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले विद्यार्थीहरुको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।
सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप पनि दिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
