अन्ततः कलाकार निशा घिमिरेको निधन

काठमाडौँ । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ।

अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेको नभिक अस्पताल स्रोतले जनाएको छ ।

Advertisement

दुर्घटना घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो ।

उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो। लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन ।

उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो। खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन्।

More News last news
Loading...