काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा भदौ मशान्तसम्मका लागि थप गरिएको छ।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बुधवार बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
निषेधाज्ञाको समयमा गर्न नपाइने कार्यहरू जारी निषेधाज्ञामा भएकै प्रावधानलाई निरन्तरता दिइएको छ। यस अवधिमा विद्यालयलगायत सम्पूर्ण शैक्षिक संस्थाहरू खोल्न नपाइने बताइएको छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विद्यालय हिजोदेखि खोल्ने निर्णय गरी सञ्चालन गरेपनि प्रशासनले बन्द गर्न निर्देशन दिएको थियो।
कोरोना संक्रमणमा उल्लेख्य कमी नदेखिएको तथा स्वास्थ्यविदहरूले तेस्रो लहरको चेतावनी दिइरहेको बेला उपत्यकामा शैक्षिक संस्थाहरू भौतिक रूपमा सञ्चालन गर्न पूर्ण रोक लगाइएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
