बागमती प्रदेशका सामाजिक मन्त्री कृष्ण खनालद्वारा राजीनामा

काठमाडौं डौँ । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । नव गठीत नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका उनले आज राजीनामा दिएका हुन् ।

खनालले हिजो बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थति भएर नवगठित नेकपा एकीकृत समाजवादीमा जाने पक्षमा सनाखत गरेका थिए ।

Advertisement

यसअघि एमालेका प्रदेश सांसद्हरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्कीले नेृकपा (एकीककृतसमाजवादी) मा जाने निर्णय गरिसकेका छन् ।

एमालेका १२ जना सांसदहरुले नयाँ दल रोजेसँगै शाक्य नेतृत्वको प्रदेश सरकार गठन भएको करिब दुई हप्तामै अल्पमतमा परेको छ।

शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै उनले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ।

More News last news
Loading...