आज देशभर कोरोना संक्रमित बढ्दा काठमाडौं उपत्यकामा कति थपिए संक्रमित ?

काठमाडौं । आइतबारको तुलनामा आज देशभर कोरोना संक्रमित बढ्दा यसको असर काठमाडौँमा पनि परेको छ ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९०६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६६५, भक्तपुरमा १०३ र ललितपुरमा १३८ जना कोरोना संक्रमित थपिएका हुन्। देशभरको तथ्यांक अनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै जनामा संक्रमण देखिएको छ।

Advertisement

यस्तै, आज देशभर पछिल्लो २४ घण्टामा २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ८९२ जनाको पीसीआर परीक्षणमा १ हजार ९०२ र ४ हजार ३४१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३९३ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८०८ जना कोरोना संक्रमणमुक्त भएका छन्।

More News last news
Loading...