आज श्रीकृष्ण जन्माष्टमी पर्व, भगवान श्रीकृष्णको पूजा-आराधना गरेर मनाइँदै

देशभर सार्बजनिक बिदा

काठमाडौँ । आज कृष्ण जन्माष्टमी । भाद्र कृष्ण अष्टमीका दिन मनाइने यो पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ।

Advertisement

यस अवसरमा देशभरीका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै श्रद्धालु भक्तजनहरु व्रत बसी रातभर जाग्राम बस्ने गर्छन्।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवं वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको शास्त्रीय वर्णन छ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डव मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं कृष्णको मुखबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ हिन्दूहरूको पवित्र ग्रन्थ हो।

गीता विश्वका सवैभन्दा धेरै भाषामा अनुवाद भएको ग्रन्थ पनि हो। यस अवसरमा पाटनको मंगलबजार स्थित प्रसिद्ध कृष्ण मन्दिरलगायत देशभरका कृष्ण मन्दिरहरुमा विशेष मेला लाग्ने गर्दछ।

यद्यपि कोरोनाका कारण बिगतको बर्ष भन्दा यसबर्ष भक्तजनहरुको भिडभाड कम हुने भएको छ। यस पर्वका अवसरमा विगतका वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि पुनः दिन थालिएको छ।

More News last news
Loading...