आज मिति २०७८ साल भदौ १४ गते सोमबार, अष्टमी तिथि भाद्र कृष्णपक्ष । तदनुसार ३० अक्टोबर सन् २०२१ । श्रीकृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको जन्म द्वापर युगको अन्त्यमा भाद्रकृष्णपक्ष अष्टमी तिथिको मध्यरातमा मथुरा नगरीको जेलमा भएको हो। विवाहलगत्तै जेलमा राखिएका मातापिताबाट आठौं गर्भका रूपमा भगवानको जन्म भयो। आज मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, धनु, मकर र मीन राशिका लागि आज शुभ फल मिल्नेछ भने अन्य राशिका लागि अशुभ रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । व्यापार व्यसायबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । मिष्ठान्न भोजन प्राप्ती होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आफन्तसंग भेटघाट रहनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । शुभ कार्यको योजना बन्नेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काम वा रोजगार पाईनेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा बृद्धि होला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यमा सफलता पाईनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कार्यको थालनी होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । भूमिबाट लाभ पनि रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
श्रमको उचित मुल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको सेवा होला । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । लेनदेनमा सजकता अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
