काठमाडौं । शंका भन्दा डरलाग्दो अरू केहि हुन सक्दैन् । शंकाका कारण भएका घटनाबाट पछुताउनेहरुको कमी छैन। भारत, मध्यप्रदेशको सिंगरौली जिल्लाबाट श्रीमानको डरलाग्दो हर्कत बाहिर आएको छ । प्रहरीका अनुसार ५७ वर्षीय पुरुषले सियो र धागोले आफ्नी श्रीमतीको निजी भाग सिलाएका हुन् ।
पति पेशाले एक झोलाछाप डाक्टर हुन् । अभियुक्त पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार अभियुक्त र उनकी श्रीमतीसंग विवाद भएको थियो । विवाद हुनुको कारण चाँही श्रीमानलाई आफ्नी श्रीमतीको गाउँका एक पुरुषसँग शंका रहेको थियो । ती पुरुषसँग श्रीमानसँग हुने काम हुने गरेको उनको अनुमान थियो ।
जानकारी अनुसार उनी दैनिक श्रीमतीलाई हात पनि हाल्थे । उनले अरु पुरूषसँगको सम्बन्धलाई लिएर श्रीमतीसँग विवाद गरिरहेका थिँए । त्यसपछि उनले निजी भाग सिलाएका हुन् ।
घटनाको पूर्ण विवरण दिँदै, अतिरिक्त प्रहरी अधीक्षक अनिल सोनकरले भने कि महिला ४५ वर्षकी छिन् । उनले महिला प्रहरी चौकीमा उजुरी दिइन् । मेडिकल जाँचपछि, एफआईआर दर्ता गरियो । उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ।
सिलाएको टाँका पनि निकालिएको छ । ती महिलालाई अन्य भागमा पनि चोट लागेको छ । अहिले उनको अवस्था स्थिर रहेको जानकारी दिइएको छ ।
प्रहरीले ती महिला भागेर उजुरी दर्ता गर्न सफल भएको उल्लेख गरेको छ । प्रहरीले भारतीय दण्ड संहिताको धारा ४९८, ३२३, ३२४ र ५०६ अन्तर्गत मुद्दा दर्ता गरीएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
