यो साता चम्किदैछ यी ७ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् भदौ १३ देखि १९ गतेसम्मको राशिफल

आफ्नो भविष्यका बारेमा थाहा पाउने जो कोहीको चाहाना हुने गर्छ। ज्योतिषशास्त्रमा राशिफलले पनि तपाईको भविष्य बताउने गर्छ। यो साता तपाईका लागि कस्तो रहला ? हेर्नुहोस् भदौ १३ देखि १९ गतेसम्मको राशिफलः

मेष राशि

Advertisement

यो साता लामो समयदेखिका बाधाहरू स्वतः फुकुवा हुनेछन्। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ। इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ। मनमा उमङ्ग र उत्साह छाउनेछ।

वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग खैरो वा पहेँलो हो। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ।

वृष राशि

साताको सुरुवाती दिनमा अपजस मिल्नसक्ने भएकाले सजग रहनुपर्ला। नियमित खर्चसमेत बढ्ने योग छ र शिक्षामा वाधा आउनेछ। मङ्गलबारबाट रमाइलो यात्राको योग रहेको छ।

काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। भक्ति र आस्था पनि बढ्नेछ। यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग गुलाबी वा हरियो हो। कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ।

मिथुन राशि

यो साता धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने र मन प्रसन्न रहनेछ।

फलदायी यात्रा र शुभकार्यको चर्चा चल्नेछ। यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग सुन्तला वा सेतो हो। कुनै शुभकर्म गर्नु पूर्व नवदुर्गाजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ।

कर्कट राशि

यो साता आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। अचल सम्पत्ति हात पर्ने योग छ । धार्मिक, सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्णहुन सकिनेछ।

यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग सेतो वा बैजनी हो। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि श्रीकृष्ण भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ।

सिंह राशि

यो साता अधुरा कामहरू पुरा हुनसक्छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ।

लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग रातो वा नीलो हो। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ।

कन्या राशि

यो हप्ताको सुरुका दिनमा नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन। काममा सानातिना बाधा आउने र काम रोकिनेछ। स्वास्थ्य समस्याले पनि पिरोल्न सक्छ। साताको मध्यबाट रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग घ्यु रङ्ग हो। कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ।

वृश्चिक राशि

यो साता धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । चलाखी पूर्ण बोलीले कार्य सम्पादन हुनसक्छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । रोकिएको धन हाता पर्न सक्छ र सुखद् यात्राको योग पनि छ।

यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग सेतो वा निलो हो । कुन शुभकर्म गर्नु पूर्व माता बगलामुखीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक शुभ फल प्राप्त हुनेछ।

तुला राशि

यो साता नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । पुँजी बजारको लगानीले राम्रै प्रतिफल दिनेछ । प्रेम मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग नीलो वा पहेँलो हो। कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ।

धनु राशि

यो साता वाहन लाभको योग छ । भौतिक सुखमा बढोत्तरी हुनेछ । प्राविधिक र स्वास्थ्य विषयमा सफल हुन सकिनेछ । बन्दव्यापारको क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ।

स्वास्थ्य प्रति सजगता पनि अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग बैजनी वा पहेँलो हो। कुनै शुभकर्म गर्नु पूर्व देवीजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ।

मकर राशि

यो साता सुरुको दिनमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । मानसिक चिन्ता पनि बढ्नेछ। सोमबार बाट भने लाभदायक र खुसीको यात्रा हुनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ । साताको अन्त्यमा घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ।

झन्झटिलो कार्यमा समय खेरा जानसक्छ। यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग कालो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ।

कुम्भ राशि

यो साता कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। शेयर बजार र वाहनबाट लाभ पनि हुनेछ। मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला।

शेयर बजारको लगानी पनि कमजोर रहला। यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो वा खैरो हो। कुनै शुभकर्म गर्नु अघि महाकालीजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ।

मीन राशि

यो साता धार्मिक, सांस्कृतिक र शुभ कार्यमा सरिक हुने सम्भावना छ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। परिवारसँग समय बिताउने अवसर जुट्नेछ। आफन्त सँग रमणीय र सुखद् यात्राको योग छ। मध्य स्वास्थ्यमा समस्या बढ्न सक्नेछ।

यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो। कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन, पूजा वा स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ।

More News last news
Loading...