हाँस्य कलाकार दिवाकर भण्डारी (सापटे काका)को तीज गीत बजारमा (भिडियोसहित)

काठमाडौँ । हाँस्य कलाकार तथा गीतकार दिवाकर भण्डारी (सापटे काका) को तीज गीत उनैको राज बजारमा आएको छ।

कलाकार भण्डारीको शब्द-संगीत रहेको उक्त गीत सत्य सेवा आमा समुह, पोखराले बजारमा ल्याएको हो। उक्त तीज गीतमा गायिका दूर्गा परियारले सुमधुर स्वर दिएकी छिन्।

Advertisement

कलाकार भण्डारीले, “(उनैको छ राज उनैको छ चइन, जुवा खेल्ने जुवाडेको सुन बइन), (न त कुनै ब्यापार न त जान्छन् कमाउन, दिन रात व्यस्तै हुने खाल जमान), (न त कुनै साथी न त कुनै आफ्ना छन्, कताबाट यस्तासँग फँसे भगवान), (तासकै छ साथ, तासकै छ सिरानी, बाउ आमाको सम्पत्ति नी पारे खरानी)” जस्ता नेपाली समाजका समसामयिक विषयवस्तुलाई टपक्क टिपेर शब्द तयार पारेका छन्।

गीतको म्युजिक भिडियोमा कलाकार भण्डारी, गायिका परियार र स्मृती आमा समुहका सदस्यहरुको यथार्थपरक अभिनय रहेको छ । उक्त गीतको म्युजिक भिडियो दिपकमान उदासले निर्देशन, सम्पादन गरेका हुन्। गीत आमा तिलकुमारी मिडिया ‘Aama Tilkumari Media’ युट्युब च्यानल मार्फत बजारमा आएको हो ।

भिडियोमा कलाकार भण्डारीलाई गाउँमा केही व्यापार व्यवसाय, काम धन्दा नगर्ने बाह्रै मासे जुवा खेल्दा घरबार सबै गुमाउनु परेको अवस्थालाई चित्रण गरिएको छ ।

कलाकार भण्डारी लामो समयदेखि चर्चित नेपाली हाँस्य शृखला मेरी बास्सैका लोकप्रिय कलाकार हुन् । यसका अलवा विभिन्न म्युजिक भिडियोमा अभियन, निर्देशन, सह निर्देशन, कथा, संवाद लेखन र लोक तथा दोहोरी गीतमा पनि सक्रिय छन्।

यस्तो छ गीतको म्युजिक भिडियो :

More News last news
Loading...