सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल १८ गतेबाट खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले लकडाउनका कारण लामो समयदेखि रोकेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्ने भएको छ।

तोकिएका मापदण्ड पूरा गरेर अबको एक सातापछि परीक्षा सञ्चालन हुने विभागले जनाएको छ। महामारीको जोखिम कायमै रहेकाले निश्चित मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरिने विभागले जनाएको छ।

Advertisement

विभागले लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८ तय गरिसकेको छ। परीक्षार्थीहरूलाई ट्रायल हुने समय तोकी २४ घण्टाअगाडि जानकारी गराइने विभागले जनाएको छ।

तोकिएको समयमा उपस्थित नभए सो दिनका अन्य सिफ्टमा समेत सामेल हुन नपाउने विभागको भनाइ छ। परीक्षा सञ्चान गर्दा एक सिफ्टमा बढीमा ५० जना परीक्षार्थी मात्रै सामेल गराइने मापदण्डमा उल्लेख छ।

मापदण्डअनुसार परीक्षार्थीहरुले केन्द्रमा प्रवेश गर्नुअघि मास्क, स्यानिटाइजर र पिउने पानीको व्यवस्था आफैं गर्नुपर्नेछ। परीक्षा सुरु हुनु १५ मिनेट अगाडि मात्रै केन्द्रमा उपस्थित हुनुपर्ने छ।

More News last news
Loading...