काठमाडौँ । ठोकर्पाबाट कालिका हुँदै काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । कोशीपारि यातायातको बा ३ ख ८०३० नम्बरको बस सुनकोसी ३ छापमा दुर्घटना भएको हो ।
दुर्घटनामा ४१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए।
बस ओरालो बाटोको मोडमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ।
बस्नेतका अनुसार १८ जनाका सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकमा, एक जनाको मध्यपुरठिमी अस्पताल भक्तपुरमा र २२ जनाको धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ।
धुलिखेल अस्पताल काभ्रेमा उपचारका क्रममा ज्यान गुमाउनेमा ललितपुर ठूलो दुर्लुङ घर भएका राजन बराम र एक जनाको सनाखत हुन बाँकी रहेको बस्नेतले जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
