न्युरोडमा शंकास्पद अवस्थामा बोकेको झोला खानतलासी गर्दा …

काठमाडौँ । प्रहरीले ८५ लाख ५६ हजार रुपैयाँसहित काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने १ जना रेमिटेन्स सेवा प्रदान गर्ने कम्पनीका सञ्चालक समेत छन्।

पक्राउ पर्नेमा बाराको सिमरा उपमहानगरपालिका-२ घर भई हाल काठमाडौँको चण्डोल बस्ने ३२ वर्षीय लक्ष्मण पौडेल, काठमाडौँ–२४ बस्ने रिन्कु भनिने अभिशेष अग्रवाल र मधुसुधन खड्का रहेका छन्।

Advertisement

प्रहरीका अनुसार काठमाडौँ२२ न्युरोड खिचापोखरीमा शंकास्पद अवस्थामा पौडेलले बोकेको झोला खानतलासी गर्दा ३१ लाख रुपैयाँ बरामद भएको थियो।

पौडेलले आफ्नो साथमा रहेको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो। पौडेलले दिएको सूचनाको आधारमा प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिएको थियो।

होलिडे ट्रेडिङ प्राइभेट लिमिटेडका सञ्चालक समेत रहेका अग्रवालको साथबाट पनि स्रोत नखुलेको ५४ लाख ७६ हजार रुपैयाँ बरामद भएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।

अग्रवालको साथमा रहेको उक्त रकमको स्रोत खुलाउन नसकेपछि उनको कामदार खड्कालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको उनले बताए।

उनीहरुको साथबाट बरामद गरिएको रकम समानान्तर बैंकिङ कारोबार (हुण्डी)को हुनसक्ने भएकाले महानगरीय प्रहरी बृत्त जनसेवाबाट थप अनुसन्धान थलिएको बस्नेतले जानकारी दिए।

More News last news
Loading...