आज यी ६ राशिमाथि रहनेछ भगवान गणेशको विशेष दृष्टि, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

आज मिति २०७८ साल भदौ ८ गते मंगलबार, तदअनुसार सन् २०२१ अगष्ट २४ तारिख । भाद्र कृष्णपक्ष द्वितीया तिथि । आज केही राशिको भाग्य चम्किदैछ भने केही राशि सावधान रहनुपर्ने देखिन्छ। आउनुहोस् हेरौँ आजको राशिफलः

मेष

Advertisement

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा खर्च पनि बढ्न सक्छ ।

बृष

विपरित लिंगीबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र सुधारोन्मुख हुनेछ । परिवारमा कलह हुन सक्छ । अध्ययन अध्यापन मध्यम रहनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

मिथुन

आर्थिक पक्ष राम्रो बन्नेछ । पराक्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ । आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा कार्यहरू पुरा होलान् ।

कर्कट

पारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चोटपटकको भय भएकाले यात्रामा साबधानी अपनाउनु होला । अध्ययन अध्ययापन सफल हुनेछ ।

सिंह

मनमा हर्ष,उमङ्ग र उत्साह रहला । पदोन्नतीको योग छ । राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । वित्तीय संस्थाबाट सहयोग मिल्ला । वैदेशिक कार्य अघि बढ्नेछ । आज रमणीय र सुखद् यात्राको योग छ।

कन्या

आज सरकारी निकाएको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैँ–झमेलाको अवस्था आउला, साँझमा शुभ समाचार पाईनेछ।

तुला

बोलीको प्रभाव बढे पनि अनर्थ लाग्न सक्छ, सचेत रहनुहोला । आँटेको र ताकेको कार्य पुरा होला । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु उत्तम हुनेछ । आर्थिक क्षेत्र सफल हुनेछ।

बृश्चिक

उपहार प्राप्त होला ।बादबिवादमा तपाईँकै जित होला । शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । प्रेममा सफलता प्राप्त हुनेछ।

धनु

अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ।

मकर

आज लाभ, हानी, आय, व्यय, सुख, दुःख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । वैदेशिक कार्य चैं सम्पादन होला।

कुम्भ

महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । साथीभाईको विशेष सहयोग रहनेछ । शुभ समाचार सुन्न पाउनु हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। प्रेममा सफलता प्राप्त हुनेछ।

मीन

महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। आर्थिक कारोबारमा सफलता पाइएला। लाभदायक यात्रा होला।

More News last news
Loading...