उकालो लाग्दै कोरोनाको ग्राफ, काठमाडौंमा मात्रै ७०८ थपिए, कहाँ कति ?

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोना स.क्रमितको दर बढेर गएको छ । आज (सोमबार) काठमाडौँ उपत्यकामा मात्रै ७०८ जना सङ्क्रमित थपिएका छन् ।

हिजो उपत्यकामा ५६६ जना संक्रमित थपिएका थिए। सोमबार, काठमाडौँमा ४४१, ललितपुरमा १६७ तथा भक्तपुरमा १०० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

Advertisement

यस्तै, आज देशभर थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८७०४ पीसीआर परीक्षण गर्दा १५४८ र २६२२ को एन्टीजेन परीक्षण गर्दा २५३ गरी १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने १ हजार ९२४ जना निको भएका छन्।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ भने ७ लाख ९७ जना संक्रमणमुक्त भएका छन्।

हिजो नेपालमा १ हजार ९२० जनामा कोरोना संक्रमित भएका थिए भने २४ जना संक्रमितको ज्यान गएको थियो ।

More News last news
Loading...