अर्का चर्चित नेपाली अभिनेताको पनि संक्रमणकै कारण निधन

काठमाडौँ । अभिनेता तथा फिल्म निर्माता चन्दन रोक्काको निधन भएको छ।

रोक्काको बिहीबार बिहान शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा निधन भएको उनका भाइ नवराज रोक्काले जानकारी दिए।

Advertisement

एक साताअघि उनको कोरोना रिपोट नेगेटिभ आएको थियो। कोरोना रिपोट नेगेटिभ आए पनि स्वास्थ्यमा समस्या देखिएको कारण उनको आइसियूमै उपचार भइरहेको थियो।

घर, संघर्ष लगायत थुप्रै सिरियल अभिनय गरेका रोक्काले ‘पिरती आफैं हुँदो रहेछ’, ‘प्रेम युद्ध’ लगायत केही फिल्ममा नायकको रूपमा समेत अभिनय गरेका थिए। उनले ‘प्रेम युद्ध’ निर्माण गरेका हुन्।

उनको शुक्रबार नै दहचोकस्थित त्रिवेणी घाटमा अन्त्येष्टि गरिएको छ। चन्दागिरि–१ दहचोकका ५९ वर्षीय रोक्काका श्रीमती र दुई छोरा छन्।

More News last news
Loading...