काठमाडौँमा मात्रै आज ६६७ सङ्क्रमित थपिए, ३० को ज्यान गयो

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो समय ६६७ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४८३, ललितपुरमा १०३ तथा भक्तपुरमा ८१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६६३, भक्तपुरमा एक हजार ४८१ तथा ललितपुरमा दुई हजार २९२ रहेको छ ।

Advertisement

कोरोनाबाट थप ३० सङ्क्रमितको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा आज थप ३० जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ४ सय ८५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा आज नेपालमा २ हजार ७५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको संख्या ७ लाख ४५ हजार ७ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज २ हजार ३ सय ८२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ९५ हजार ९ सय २५ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको अनुसार १७ हजार ७५ जनाको कोरोना परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो।

More News last news
Loading...