काठमाडौँ । हजुरलाई नमस्ते ट्रेड लिंकको पहिलो शाखा भक्तपुरमा सञ्चालनमा आएको छ । भक्तपुरको अरनिको राजमार्ग अन्र्तगत मध्यपुर थिमिको एसएस चोक नजिकै बागमति पेट्रोल पम्पसँंगै शाखा खोलिएको हो।
शाखाको शुक्रबार एक कार्यक्रमबीच वरिष्ठ लोक दोहरी गायक बद्री पंगेनी, नेपाल निर्माण व्यवसायी महासंघका पूर्व महासचिव रामशरण देउजा, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ भक्तपुरका पूर्व अध्यक्ष राजाराम न्हिसुतू, नेपाल हेभी इक्विपमेन्ट मेकानिक संघका अध्यक्ष नेत्रबहादुर अधिकारी, नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य मुकेश पन्तलगायतले संयुक्त रुपमा शुभारम्भ गरे।
भक्तपुर, काभ्रे, सिन्धुली, रामेछाप, चौतारा, मेलम्ची, चरिकोट, मन्थलीलगायतका पूर्व क्षेत्रका व्यवसायीहरुको सुविधाका लागि शाखा खोलिएको शाखा प्रमुख फाल्गुण कुँंवरले बताए ।
कार्यक्रममा हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक एवम् समाजसेवी ताराबहादुर कुँंवरले भविष्यमा हेटौँडा, पोखरा लगायतका ठाउँंमा पनि शाखा खोल्ने योजना रहेको बताए ।
काठमाडौंको बाफलमा मूख्य कार्यालय रहेको हजुरलाई नमस्ते ट्रेड लिन्कका व्वस्थापक प्रदीपराज गिरी, भक्तपुर शाखाका प्रमुख फाल्गुण कुँंवर लगायतले नाफा भन्दा पनि पूर्वका व्यवसायीहरुको सुविधाका लागि शाखा विस्तार गरिएको जानकारी दिए । शाखाबाट हेभी इक्विपमेन्ट (डोजर) का पार्टपूर्जाहरु विक्री गरिने छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
