नेपाल आइडल सिजन–४ का निर्णायक फेरिए, को-को आए ?

काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडल का निर्णायक परिवर्तन भएका छन्।

फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चाँथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो।

Advertisement

नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान रहेका छन्।

ढिलै भएपनि नेपाल आइडलमा जोडिन पाउँदा धेरै खुशी लागेको कलाकारहरुले बताएका छन् । नेपाल आइडल सीजन-४ मा तीनजना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन्।

सीजन-३ सम्मका निर्णायक न्ह्‍यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सीजन-४ का लागि नयाँ निर्णायक टीम चयन गरेको हो।

More News last news
Loading...